BoliMitho.com

Kisun jee

नेपाली काँग्रेसका संस्थापक, पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराई को ८६ वर्षको उमेरमा फाल्गुण २० गते शुक्रबार राति ११:२६ बजे स्वर्गारोहण भएको खबरले अत्यन्त दुखित भएका छौ। यस दुखदघडिमा प्रजातान्त्रीक आन्दोलनका अथक योद्धा किसुनजीको चिर शान्तिको कामना गर्दछौ ।
साथै जहानिया यूग, राणा शासन र एकदलीय पंचायती राजाशाही तन्त्रसंग लड्दा लड्दै आफ्नो घरजम पनि हुन् नपाएका सन्त किसुन जी ४६ सालमा जनताले सुम्पेको एक बर्षमा नयाँ संबिधान बनाउने दायित्व त्यो समयमा कुशलतापूर्बक फत्ते गरे। बालुवाटारमा पस्दा पनि “छाता र सुराही” लिएर पसेका र निस्कादा पनि “छाता र सुराही” मात्रै लिएर निस्केका नेतालाई हामी बेल्जियमको ब्रुजबासिहरु आदरपूर्बक श्रद्धान्जली अर्पण गर्दछौ!

बेल्जियमको ब्रुग्गे बासि नेपालीहरुको तर्फ बाट
दिपेन्द्र थापा
मोहन राउत
रमेश कंडेल

रमेश कडेल
बेल्जियम (हाल काठमान्डौ)

करिव १२ वर्षे प्रवासी जिवनमा धेरै कफि पिईसकेको हुनुपर्छ । नेपालबाट प्रवासिदा एदाकदा कफि पिईए पनि दुध चिया नै प्रमुख पिईने आदत थियो । क्याम्पस पढ्दा होस् वा साथिभाई भेटघाट हुदा, टाईमपास वा जाडोबाट बच्न सधै चियानै प्रयोग गरिन्थ्यो । भनौ चियानै प्रमुख पिईने पदार्थ थियो करिव १२-१५ वर्ष पहिले ।

समयको प्रवाह सगै नेपालमा अहिले कफिको बजार बिस्तार भैसकेको छ । तपाई पाउना बन्नुहुदा “चिया पिउनुहुन्छ?” भन्नेमा परिवर्तन भएर “चिया वा कफि?” को जमाना भै सकेको छ । सामान्यतया कफि उच्च घरानाका जिवनसैली भएपनि आजकल सबै बर्गको जिवनसैलि भैसकेको छ ।

केहि समय पहिले विदेशी कफि किन्न नेपालको ठुलो सुपरमार्केट भाटभटेनि पुगेको थिए। आँखा लाग्यो एक स्वदेशी उत्पादन बुद्द ओर्ग्यानिक कफिमा । आफ्नै देशको उत्पादन भएर हो कि राम्रै सँग सजाईएको थियो । ओर्ग्यानिक शब्द देख्ने बित्तिकै एक प्याकेट किनिहाले। कफि पनि खासै महगो थिएन। करिब चिया जस्तै उमालेर फिल्टर गरि पिउन मिल्ने रहेछ र पिईयो पनि।

नेपालमै उत्पादन भएर हो या स्वदेश प्रेमले कफि सारै मिठो लाग्यो । अब पाउनाहरु आउदा पनि नेपाली कफीनै पिलाउने निधो गरियो । नेपालको उत्पादन तथा रसायन बिनाको पूर्ण ओर्ग्यानिक कफी अब मेरा विदेशि साथिहरुलाई उपहार दिनेछु ।

Part 1

Part 2

Part 3

काठमाडौं/ हास्यटेलिशंृखला जिरे खुर्सानीले आइतबार तिलगंगास्थित सशक्तीकरण तथा विकास नेपाल -रिड नेपाल) नामक संस्थामा आश्रति कुष्ठ रोगपीडितलाई ३०-३० थान कम्मल, तन्ना र रुमाल हस्तान्तरण गरेको छ ।

जिरे खुर्सानीका कलाकार तथा निर्देशक जितु नेपालले बेल्जियमको ब्रुज    सहरमा बस्दै आएका मोहन राउत, रमेश कँडेल र  दिपेन्द्र थापाले  दसैँ मनाउनका लागि जिरे खुर्सानी युनिटलाई पठाएको २० हजार रुपैयाँमा केही रकम थपेर लत्ताकपडा सहयोग गरेको बताए । ‘मंसिर-पुसको जाडोमा बिरामीलाई थोरै भए पनि राहत होस् भनेर यो सहयोग गरेका हौँ,’ उनले भने, ‘असहाय गरिब, दःुखी, अपांगलाई यस्तै गरी सहयोगको अभियान चलाउनेछौँ ।’ कलाकारिताको माध्यमबाट मनोरञ्जन मात्रै होइन समाजप्रतिको उत्तरदायित्य पनि बहन गर्नुपर्ने हुनाले यसप्रकारको काममा हात बढाएको उनले बताए । अर्का निर्देशक तथा हास्यकलाकार शिवहरि पौडेलले आफूहरूलाई पठाएको रकम पुण्य काममा लगाउन पाउँदा खुसी लागेको बताउँदै भने, ‘आगामी दिनमा पनि यस्तैगरी सहयोग गर्नेछौँ । यसमा दर्शकको साथ पनि उत्तिकै चाहिन्छ ।’

कुष्ठ रोगीको निःशुल्क उपचारका साथै असहाय रोगीलाई आश्रय दिँदै आएको रिड नेपालका सञ्चालक राजकुमार साहले जिरे खुर्सानीले अपांगलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा जिरे खुर्सानीका शिवहरि-जितुका अलावा मनोज आचार्य, गोपाल नेपाल फिस्टे, देवीराम पराजुली, नीरज नेपाल, छायांकार मनराज श्रेष्ठ गुर्जुधारालगायतको उपस्थिति थियो । यो टेलिशंृखलाको युनिटले यसअघि पनि शृंखलाले ३०० भाग पूरा गरेको अवसरमा खगेन्द्र नवजीवन विशेष शिक्षा मावि जोरपाटीमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरेर सो स्कुलमा अध्ययरत ३ सय विद्यार्थी तथा शिक्षकलाई मनोरञ्जनका साथ जलपान गराएको थियो ।

काठमाडौं, मंसिर १३ – राजनीतिक संकट चुलिइरहेका बेला प्रधानमन्त्रीसहित एमालेका शीर्ष नेताहरू मंगलबारदेखि झन्डै एक साता लामो विदेश यात्रामा निस्कँदै छन् ।

प्रमुख सत्तारूढ दलका नेताहरू एकैचोटि विदेश भ्रमणमा जाने भएपछि संसद्को अधिवेशन बोलाउने, प्रधानमन्त्री निर्वाचनलगायत विषयको अन्योल अझै केही समय जारी रहने भएको छ ।

अध्यक्ष झलनाथ खनाल श्रमिक पार्टीहरूको सम्मेलनमा भाग लिन बुधबार दक्षिण अफ्रिका जाँदैछन् भने प्रधानमन्त्री माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी ओली मंगलबार कम्बोडिया जाने कार्यक्रम छ । प्रधानमन्त्री नेपाल र नेता ओली एसियाली राजनीतिक दलहरूको संगठन (आईक्याप) को १४ औं सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

मंसिर १५ देखि १८ सम्म हुने सम्मेलनमा प्रधानमन्त्री नेपाल आईक्यापको स्थायी समिति सदस्य र एमाले नेताका हैसियतमा भाग लिन जान लागेका हुन् । झन्डै ४० भन्दा बढी राष्ट्रका राजनीतिक दलका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलन सकिएलगत्तै अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा भाग लिन प्रधानमन्त्री नेपाल बेल्जियम जाने कार्यक्रम छ । बेल्जियमबाट प्रधानमन्त्री २४ गते फर्किने छन् । अतिकम विकसित राष्ट्रहरूको अध्यक्ष नेपाल भएकाले त्यसको प्रतिनिधित्व प्रधानमन्त्रीले नै गर्नुपर्ने भएको हो । एमाले स्रोतका अनुसार प्रधानमन्त्री नेपालले नभ्याएको खण्डमा नेता ओलीले नै प्रतिनिधित्व गर्ने गरी यसअघि तय भएको थियो । तरपछि प्रधानमन्त्रीले समय निकालेका थिए ।

अध्यक्ष खनाल कम्युनिस्ट पार्टीको नेताका हैसियतमा दक्षिण अफ्रिकामा हुने सम्मेलनमा भाग लिन जान लागेका हुन् । उनी पाँच दिनपछि स्वदेश फर्किने छन् । दक्षिण अफ्रिका र कम्बोडियामा सहभागी हुने दुवै कार्यक्रम यसअघि नै तय भएका थिए । एमालेले नेताहरूका यी कार्यक्रमका कारण मंगलबारदेखि हुने गरी तय भएको केन्द्रीय समिति बैठक पर सारेको थियो ।

संसद् घटनालगत्तै माओवादी विस्तारित बैठकमा केन्दि्रत भएपछि दलहरूबीच वार्ता हुन सकेको छैन । माओवादी बैठक शनिबार सकिएपछि लगत्तै तीन प्रमुखमध्येको एक दलका सबै शीर्ष नेताहरू विदेश जाने कार्यक्रमले अझै १० दिन छलफल अघि बढ्ने सम्भावना छैन ।

बजेट पेस गर्नेक्रममा भएको माओवादी हूलदंगाले राजनीतिक गतिरोध झन् बढेको छ । संसद्को अधिवेशन बोलाउन माओवादी, कांग्रेसलगायत दलले सरकारसँग माग गरिरहेका छन् । प्रधानमन्त्रीको सिफारिसमा मात्र संसद् अधिवेशन आह्वान हुन सक्ने भएकाले उनी नफर्किउन्जेल अधिवेशन बोलाउनेसम्बन्धी छलफलसमेत अघि बढ्न सक्दैन ।

अन्य दलले तत्काल छलफल गरी सहमति खोज्नपुर्ने भन्दै बजेट अधिवेशन बोलाउनेलगायत विषयमा सरकारलाई दबाबको पहल गर्न आइतबार सभामुख सुवास नेम्वाङलाई पनि आग्रह गरेका छन् । सभामुखले नेताहरूको विदेश भ्रमणलाई लक्षित गर्दै मुलुकभित्रै बसेर छिटो समस्या समाधान गर्न आग्रह गरेका छन् । ‘संसद् तत्काल बोलाइहाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसका लागि नेताहरूका विदेश जाने कार्यक्रम छन् भने छाडेर भए पनि संवाद र छलफल  जारी राख्नुपर्‍यो ।’

दुर्गा खनाल

Source. ekantipur.com

This page is copy protected